बुधबार- प्रस्तोता- कामना आचार्य & गजल आचार्य। (लघुकथा साक्षात्कार कार्यक्रम) समय ७.३०-८.३० बेलुका । मिति २०८०.०५.२्० ) (श्रृङखला ६८७)
नमस्कार, आजको नियमित कार्यक्रम चलाउने बिल्कुलै नयाँ प्रस्तोताहरु आउँदै हुनुहुन्छ । उहाँहरुलाई साथ र समर्थन दिन लाइभ कार्यक्रममा जुटेर सहयोग गर्नुहोला ।
आज
१. आफ्नो वा रोजेको लघुकथा वाचन गर्न सकिन्छ ।
२. लघुकथा सम्बन्धी आफ्ना बुझाइहरु पस्किन सकिन्छ ।
३. लघुकथा टिप्पणी तथा प्रतिक्रिया दिन सकिन्छ ।
एक आगन्तुक सर्जकले आफ्ना कुरा प्रस्तुत गरेर विदा लिनुभए उत्तम हुन्छ ।
+++
(कृपया जोडिएरै कार्यक्रम रोचकघोचक हुन्छ । सबैलाई जोडिने सदीक्षा यसै कमेन्टमा अहिल्यै नै राख्नु भए हामी अवश्य जोड्ने छौ । उत्तिखेर चाहिँ अनुरोध पठाउनुभए मात्र सहज हुनेछ ।)
बुधबार- प्रस्तोता- कामना आचार्य & गजल आचार्य। (लघुकथा साक्षात्कार कार्यक्रम) समय ७.३०-८.३० बेलुका । मिति २०८०.०५.२्० ) (श्रृङखला ६८७)
+++
समय उपलब्ध भएमा आजको लघुकथा प्रतिष्ठानको बुधबारे लघुकथा साक्षात्कार कार्यक्रममा वाचनका लागि छानेका लघुकथाक्रम यस्तो छ ।
प्रस्तोता- कामना & गजल आचार्य
सहजकर्ता- नन्दलाल आचार्य
+++
१. लघुकथा- नयाँ अभियान -रमेशचन्द्र घिमिरे
२. लघुकथा- साँढे -नारायण कोइराला
३.लघुकथा- परिवर्तन -हिमा आर.सी
+++
१. लघुकथा- नयाँ अभियान -रमेशचन्द्र घिमिरे
'यता जाने कि त्यता ?'
'के यता र त्यता भनिरा ? दुःख गरिएकै छ । सधैँ भोकभोकै मर्ने हो र ? खान त राम्रै खाने हो । राम्रै ठाउँमा जाने हो ?'
'ल त नि, त्यसो भए त्यतै जाम् ।'
चोकमा अल्मलिएका दुई-तीन जना युवाहरू कतै लागे । सायद खाना खाने राम्रो होटेलको खोजीमा थिए, ती ! सम्भवतः आफू सुरक्षित हुन पनि खोज्दै थिए ।
××× ××× ×××
'सरहरूसँग समसामयिक विषयमा केही गफगाफ गर्नु छ । आजको समय हामीलाई दिनुहोस् ।' भन्दै दिउसो हाफटाइमको समय पारेर केही युवाहरू स्कुल छिरे । सरहरूले खाजा खाने समय कटौती गरेर उनीहरूका कुरा सुन्न चाहे ।
'पुरानो राज्यसत्ताले हामीलाई के दियो ? नेपाली जनताले के सुख पाए ? के सधैँ पुरानो विचारलाई नै साथ दिइरहने त हामीले ?'
प्रश्नको ओइरो आइरह्यो । उत्तर हामीसँग थिएन । उत्तर भनूँ भने पनि मिल्दैन कि भन्ने डर थियो ।
'यसको समाधान हामीसँग छ । हामीलाई सहयोग गर्नुहोस् । हामी पुरानो राज्य व्यवस्था मिल्काउन नयाँ क्रान्ति गर्दैछौँ ।' अर्काले बोल्यो ।
कुरा ठिकै थियो । हामीले चित्त बुझायौँ र नयाँ क्रान्तिको अभियानमा लागेका अभियन्तालाई धन्यवाद दिएर उनीहरूलाई पन्छाउन खोज्यौँ किनभने अर्को पिरियड पढाउन जानु नै थियो ।
'तपाईंहरूको धन्यवादले मात्र पुग्दैन सर ! हामीले केही गर्दैछौँ । खाई–नखाई दौडिरहेकै छौँ । हामीलाई तपाईंहरूको अन्य सहयोग पनि चाहिन्छ ।' तिनीहरूमध्येको नेता जस्तो मान्छेले बोल्यो ।
'कस्तो सहयोग ?' मनमनै थाहा भएर पनि थाहा नभएको पारामा सोधिएको हाम्रो प्रश्न थियो ।
'चन्दा अर्थात् आर्थिक सहयोग । देश बनाउन हिँडेकाहरूलाई यत्ति माया पनि गर्नुहुन्न त ?'
'खाली चन्दा चन्दा ! कति ठाउँमा दिने हो र ? अरू नै सहयोग गरौँला बरु । अहिलेलाई सकिएन, सरी !' हामीहरूमध्येकै एउटा सरले आँट गरेरै बोले ।
'हामीलाई केही थाहा छैन । हामी एक हप्तापछि आउँछौँ । सबै सरहरूले एक-एक दिनको तलब ठिक्क पारेर राख्नू ! नत्र अप्ठेरो पर्ला ।' 'इमोस्नल बार्गेनिङ'को भाषा प्रयोगका साथ यति भन्दै केही रिसाए जस्तो गरेर टोली निस्क्यो ।
××× ××× ×××
तिनीहरूको अनुहार बिहान चोकमा गफ गर्नेसँग ठ्याक्कै मिल्थ्यो ।
२०८०/०५/१९
+++
२. लघुकथा- साँढे -नारायण कोइराला
आफ्नो अस्तित्व जोगाउन नसक्ने देखेँपछि शहरको साँढेले गाउँबाट सोझासाझा गोरूहरूलाई बोलायो।
गाउँमा दुःख पाएका गोरुहरु शहर पस्न पाएकोमा साँढेको सबै सर्त मान्न तयार भए। गाउँका गोरुको सहयोगमा शहरमा साँढेको एकछत्र शासन चल्न थाल्यो।
शहरका मानिसहरू साँढेहरुको आतङ्कले दुखित भए।
शहरलाई गोरु र साँढे मुक्त बनाउने अभियान सुरु भयो। शहरमा सबै बस्न नसक्ने अवस्था आयो।शहरको साँढेले गाउँका गोरुहरुलाई गाउँ फर्कन भन्यो।साँढे र गोरुहरु बीचमा भनाभन भयो।गोरुहरु एकजुट भए।
साँढेलाई लखेट्दै गाउँ पुर्याए। शहरमा साँढे बन्दै हिँड्ने साँढे गाउँमा सामान्य गोरु बनेको छ। त्यसको अवस्था देख्दा मस्तिकमा आउट विचार झट्ट आयो, "फेसबुके गुरुपका साँढेहरु सुध्रेरेर गोरु बन्ने कहिले?"
- तानसेन,पाल्पा
१४/०५/२०८०
+++
३.लघुकथा- परिवर्तन -हिमा आर.सी
" हिजो अवेरसम्म नसुतेकाले शरिरमा जाँगर पनि चलेको छैन आज आउदिन भनेर फोन गरौँ भनेको हेर्नुस् न गाउँमा भएको दाजुलाई फोनै लागेन , "
रोशनीले भनिन् ।
" फेरि रक्षा बन्धनको दिन पनि घरकाले आउन दिएनन् भनेर सोच्नु पो हुन्छ कि ? "
उनका श्रीमानले भने ,
त्यस्तो होइन ? समय परिवर्तन भइसक्यो । पहिले जस्तो चाडपर्वहरूको खासै महत्त्व छैन । दाजुले मनै त के ? दुखाउनु होला र ?
रोशनीले भनिन् ।
विचार गर । मेरो काम छ साँझ मात्रै फर्किन्छु भनेर उनी घरबाट निस्किए । रोशनीले मोबाइल कोठामा छोडेर आफ्नो काम गर्न थालिन् काम सकेपछि रोशनीलेे मोबाइल हेरीन । उनको दाजु फोन आएको थियो। रोशनीको मनमा चिसो पस्यो । उनले फोन लगाउन खोज्दा । त्यतिखेर उनको दाजु रोहन आइपुगे । रोहनले भने ,
" तिम्रोमा फोन लगाउँदा नलागेपछि केही भयो कि ? भनेर हतारमा आए । बाटोमा ज्वाइसँग भेट भएपछि मन ढुक्क भयो । अरुले भन्थे । दाजुभाइले बिबाह गरेपछि पराई घर गएका चेली माइतीमा आउदैन भनेर तिमीले प्रमाणित गरिदिउ ? दाजु बहिनीलाई भेट गराउने चाडपर्वलाई नै भुलेर परिवर्तन हुन् ठिक होर ? "
+++
टिप्पणियाँ
एक टिप्पणी भेजें