दिपक लोहनीसँग आइतबारे लघुकथा वार्ता कार्यक्रममा मनोहर पोखरेल
दिपक लोहनीसँग आइतबारे लघुकथा वार्ता कार्यक्रममा मनोहर पोखरेल लघुकथाक्रम- १. अग्रजको लघुकथा- सिर्जना र व्यवधान -किशोर पहाडी २. समकालीन/अनुजको लघुकथा-समय -विनोद नेपाल ३. नारी हस्ताक्षरको लघुकथा-खुसी -अनु विज्ञा ति +++ १. अग्रज लघुकथाकाको मन परेको लघुकथा सिर्जना र व्यवधान -किशोर पहाडी देशमा प्रधानमन्त्रीको व्यापक विरोध हुदै थियो । भन्दै थिए–“हाम्रो माग पुरा हुनैपर्छ । प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ।’ त्यही ताक मैले घर बनाउन शुरू गरेँ । उनीहरूले जुलुस निकाले–“प्रधानमन्त्री मुर्दावाद ।” मैले घर बनाउन जग खनेँ । उनीहरूले चक्काजामको कार्यक्रम राखे । मैले जग्गाको ढुुङ्गा माटो हाल्ने काम गरेँ । उनीहरूले मशाल जुलुस निकाले । मैले झ्याल, ढोका हाल्दै गारो बनाउन थालेँ । उनीहरूले “नेपाल बन्द” को कार्यक्रम राखे । मैले घरमा छाना छाइदिएँ । अचेल म घरमा बसिरहेछु । उनीहरू अझै सडकमा । किंवदन्ती (२०५३) पृ. ५६ +++ २. समकालीन साथीको मन परेको लघुकथा समय -विनोद नेपाल समय उसको...