कविता पिताश्रीलाई सम्बोधन ! –नन्दलाल आचार्य पिताश्री ! म हाजिर छु पिताश्री, म सारा हाल बुझाउन आएको, खाली मन गर्न, अनि त्यो मन भर्न मन भएर आएको पिताश्री ! तीतो यथार्थ ओकल्न र, सत्य कुरा बटुल्न दीनहिन पुत्र भीख माग्दै छु पिताश्री, रित्तो हात फर्कनु नपरोस्, मेरा शब्द–शब्द केलाइयोस्, साष्टाङ्ग दण्डवत् गर्दै शब्द–बाणले मर्मभेद गर्दै छु पिताश्री ! क्षमा पिताश्री, घृष्टताका लागि क्षमा पिताश्री ! रित्तो ठाउँमा आयौ स्थान पुर्ने काम ग¥यौ चार दिशा चहा¥यौ सात जुनीमा नपाउने स्वाद चाख्यौ आफू सुकिलो भयौ सके मलाई पनि जेनतेन छहारी दियौ । तर, मेरा सन्तानको छहारी भाग खोज्दै छु पिताश्री ! म तिनीहरूको थातवास माग्दै छु पिताश्री । क्षमा पिताश्री, कृतघ्नका लागि क्षमा पिताश्री । रित्तो ठाउँ बनाउन पाउनौ म ज्यूदै छँदा मेरा सन्तती टुहुराटुहुरी पार्न पाउन्नौ र, यत्ति पनि बुझ, विषबिरुवा हुर्काउन पाउँदैनौ वलिदानीको गाथा माटोमा मिलाउन पाउँदैनौ । म ज्यूँदै छँदा रित्तैरित्तो भविष्य सुम्पन पाउन्नौ, अकर्मण्यताको माला पहिराउन पाउन्नौ । समय पचाउने काम नगर सानाको औषधी विष नसम्झ । खबरदार पिताश्री ! तिम्रो नाम लिन मुण्ट...
टिप्पणियाँ
एक टिप्पणी भेजें