संदेश

सितंबर, 2023 की पोस्ट दिखाई जा रही हैं

दिपक लोहनीसँग आइतबारे लघुकथा वार्ता कार्यक्रममा मनोहर पोखरेल

चित्र
दिपक लोहनीसँग आइतबारे लघुकथा वार्ता कार्यक्रममा मनोहर पोखरेल लघुकथाक्रम- १. अग्रजको लघुकथा- सिर्जना र व्यवधान -किशोर पहाडी २. समकालीन/अनुजको लघुकथा-समय -विनोद नेपाल  ३. नारी हस्ताक्षरको लघुकथा-खुसी -अनु विज्ञा ति  +++ १. अग्रज लघुकथाकाको मन परेको लघुकथा सिर्जना र व्यवधान  -किशोर पहाडी  देशमा प्रधानमन्त्रीको व्यापक विरोध हुदै थियो । भन्दै थिए–“हाम्रो माग पुरा हुनैपर्छ । प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ।’  त्यही ताक मैले घर बनाउन शुरू गरेँ ।   उनीहरूले जुलुस निकाले–“प्रधानमन्त्री मुर्दावाद ।”  मैले घर बनाउन जग खनेँ ।  उनीहरूले चक्काजामको कार्यक्रम राखे ।   मैले जग्गाको ढुुङ्गा माटो हाल्ने काम गरेँ ।   उनीहरूले मशाल जुलुस निकाले ।   मैले झ्याल, ढोका हाल्दै गारो बनाउन थालेँ ।   उनीहरूले “नेपाल बन्द” को कार्यक्रम राखे ।  मैले घरमा छाना छाइदिएँ ।  अचेल म घरमा बसिरहेछु । उनीहरू अझै सडकमा ।  किंवदन्ती (२०५३) पृ. ५६ +++ २. समकालीन साथीको मन परेको लघुकथा समय  -विनोद नेपाल  समय उसको...

तीज पर्व मनाउनुको पछाडि यस्तो छ रहस्य

 तीज पर्व मनाउनुको पछाडि यस्तो छ रहस्य तीज पर्व भन्नासाथ हामी चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन् । दुग्धजन्य परिकार सेवन गर्छन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । गीतको माध्यमबाट मनको वह पोख्छन् । अहिले तीजको स्वरूप पनि फेरिदै गएको छ । चेलीमाइतीबीच सुमधुर सम्बन्ध राख्ने, माइतघर जाने, दुग्धजन्य परिकार खानेभन्दा पनि पार्टी प्यालेसमा भोजभतेर आयोजना गर्ने, अघोषित रूपमा गरगहना, पहिरनमा प्रतिस्पर्धा गर्ने, मासुमाछा र मदिराजन्य तामसी परिकार खाने प्रवृत्ति बढ्दो छ । खासमा तीज के हो ? किन मनाइन्छ ? कसरी मनाउन सुरु गरियो ? यससँग जोडिएको अर्थ र वास्तविकता के हो ? तीज किन मनाइन्छ ? नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के  गाउँ, जताततै फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको  दीर्घायु कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै...

लघुकथाकर्मी पूजन न्यौपाने जन्मोत्सव विशेष लघुकथा प्रस्तुतीकरण तथा प्रशिक्षण कार्यक्रम-२०८०-०५-२२ & श्रृङखला-६८९

चित्र
  लघुकथाकर्मी पूजन न्यौपाने जन्मोत्सव विशेष लघुकथा प्रस्तुतीकरण तथा प्रशिक्षण कार्यक्रम- शुक्रबार- प्रशिक्षक/प्रस्तोता- खेमराज पोखरेल र शारदा दहाल । (लघुकथा प्रशिक्षण कार्यक्रम) समय- ६.३०-७:३० बेलुका । (मिति-२०८०-०५-२२ & श्रृङखला-६८९ ) +++ लघुकथाक्रम १. लघुकथा- मुस्कान  - पूजन न्यौपाने २. लघुकथा– अपाङ्ग –पूजन न्यौपाने ३. लघुकथा- परिचय -पूजन न्यौपाने ४. लघुकथा– गृहकार्य  –पुजन न्यौपाने ५. लघुकथा-  आमाको कर्तव्य -पूजन न्यौपाने  ६. लघुकथा- माइती  -पूजन न्यौपाने +++ परिचय- पूजन न्यौपाने  जन्ममिति- २०४४ साल भदौ २२ गते शिक्षा- एम ए नेपालीमा जन्म- राजविराज-५, सरस्वती टोल, सप्तरी । पढेको स्कुल- पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय, राजविराज । हाल- जनता माध्यमिक विद्यालय भगनी, मलेठमा शिक्षणरत् । पहिलो लघुकथा- गृहकार्य (२०७९) घर- सप्तकोसी १ फत्तेपुर सप्तरी  +++ १. लघुकथा -मुस्कान  - पूजन न्यौपाने उफ् ! नहेरे नि हुने नि भन्दै छलिएर उनले स्कुल प्रवेश गरिन्। तर दु:खको कुरा छिटो  स्कुल पुगेको दिन प्रिन्सिपल मेडमले नदेखे पनि ढिलो पुगेको दिन देखेर ...

बुधबार- प्रस्तोता- कामना आचार्य & गजल आचार्य। (लघुकथा साक्षात्कार कार्यक्रम) समय ७.३०-८.३० बेलुका । मिति २०८०.०५.२्० ) (श्रृङखला ६८७)

चित्र
नमस्कार, आजको नियमित कार्यक्रम चलाउने बिल्कुलै नयाँ प्रस्तोताहरु आउँदै हुनुहुन्छ । उहाँहरुलाई साथ र समर्थन दिन लाइभ कार्यक्रममा जुटेर सहयोग गर्नुहोला । आज १. आफ्नो वा रोजेको लघुकथा वाचन गर्न सकिन्छ । २. लघुकथा सम्बन्धी आफ्ना बुझाइहरु पस्किन सकिन्छ । ३. लघुकथा टिप्पणी तथा प्रतिक्रिया दिन सकिन्छ । एक आगन्तुक सर्जकले आफ्ना कुरा प्रस्तुत गरेर विदा लिनुभए उत्तम हुन्छ ।  +++ (कृपया जोडिएरै कार्यक्रम रोचकघोचक हुन्छ । सबैलाई जोडिने सदीक्षा यसै कमेन्टमा अहिल्यै नै राख्नु भए हामी अवश्य जोड्ने छौ । उत्तिखेर चाहिँ अनुरोध पठाउनुभए मात्र सहज हुनेछ ।) बुधबार- प्रस्तोता- कामना आचार्य & गजल आचार्य। (लघुकथा साक्षात्कार कार्यक्रम) समय ७.३०-८.३० बेलुका । मिति २०८०.०५.२्० ) (श्रृङखला ६८७) +++ समय उपलब्ध भएमा आजको लघुकथा प्रतिष्ठानको बुधबारे लघुकथा साक्षात्कार कार्यक्रममा वाचनका लागि छानेका लघुकथाक्रम यस्तो छ । प्रस्तोता- कामना & गजल आचार्य सहजकर्ता- नन्दलाल आचार्य +++ १. लघुकथा- नयाँ अभियान -रमेशचन्द्र घिमिरे  २. लघुकथा- साँढे -नारायण कोइराला ३.लघुकथा- परिवर्तन -हिमा आर.सी  +++ १. लघु...

विशेष समय विशेष लघुकथा कार्यक्रमका लागि मिति २०८०.०५.१६ गते शनिबार-कामना आचार्य/गजल आचार्य/नन्दलाल आचार्य

चित्र
  विशेष समय  विशेष लघुकथा कार्यक्रमका लागि आज मिति २०८०.०५.१६ गते शनिबार मध्यान्हमा प्रस्तुत गरिने लघुकथा क्रम यस्तो छ- १) लघुकथा - पैसा र खुसी - टीकाराम जाेशी, टीकापुर। २) लघुकथा - यस्तो पनि छोरा -सुरेशकुमार पाण्डे ३) कालजयी लघुकथा– प्रेम –कमला भट्टराई ४) लघुकथा : कानुन -तुलसी पण्डित  ५) लघुकथा : विसङ्गती -पवित्रा  सापकोटा ६) लघुकथा :  माइतीघर -दिप मंग्राती ७) लघुकथा- विवाद -वैद्यनाथ श्रमजीवी, वीरगन्ज ८) लघुकथा : बेलौती -पदम पौडेल ९) स्रोत-लघुकथा  : राखी  -तारा श्रेष्ठ १०) उत्तर-लघुकथा– दक्षिणा –नन्दलाल आचार्य +++ प्रस्तोताद्वय-  कामना आचार्य, कक्षा टि ११, श्री जनता मावि, गोलबजार ४, सिरहा । गजल आचार्य, कक्षा ४, बुढानिलकण्ठ आवासीय मावि, गोलबजार ४, सिरहा । सहजकर्ता- नन्दलाल आचार्य +++ १) लघुकथा - पैसा र खुसी - टीकाराम जाेशी, टीकापुर। "हामीलाई त यस्ले वास्ता नै गरेन त!" राजबीरले भने। "उता बसेकाहरुलाई खाना दिदैछ । हाम्रो पनि पालाे आउला।" जयबीरले आशा देखाए। "भाेकले आन्द्रा चुँडिने भैसके ।कहिले ल्याउला खाना?" "हैन! तपाईँहरु कुन कुर्सीमा बस्नु भएकाे हाे...

छलछाम छात्ते छ पार्टी - Fitkauli

छलछाम छात्ते छ पार्टी - Fitkauli : नन्दलाल आचार्य : पात्रहरू अध्यक्ष- छट्टुराज उपाध्यक्ष- छत्तीसमान सचिव- छयालीसबहादुर सहसचिव- छरितकुमार सदस्य- छन्नुलाल सदस्य- छक्कमाया (घरधनीलाई जबरजस्ती भगाएको भव्य घरको सुन्दर कोठा छ । आधुनिक सजावटले सुसज्जित कोठाका वस्तुहरू यत्रतत्र छन् । सरसफाइ र वस्तुको उचित रखाइको अभावमा कोठाले दिनुपर्ने रौनक दिन सकेको छैन । हाँसको बथानमा बकुल्ला उभिएझैँ केही न केही अमिल्दो लाग्छ… Continue reading छलछाम छात्ते छ पार्टी