संदेश

नवंबर, 2014 की पोस्ट दिखाई जा रही हैं

कथासमीक्षा क्रम

समीक्षा क्रम १. ‘ कमरेड पाताल ’ कथाको वस्तुवादी विश्लेषण २. समीक्षा ः कथाकार पुन्य कार्कीको ‘ मध्यरातमा ’ गुञ्जेका आवाजहरु ३. कथाकार धीरकुमारको ‘ सहर ’ कथाको वस्तुवादी विश्लेषण http://www.majheri.com/taxonomy_vtn/term/1470 http://www.majheri.com/taxonomy_vtn/term/1470 info@majheri.com ‘ कमरेड पाताल ’ क थाको वस्तुवादी विश्लेषण – नन्दलाल आचार्य     १. कथाकार परिचय        वेदना , ज्योति , प्रलेस , विजय शब्दविम्बजस्ता साहित्यिक पत्रपत्रिका निरन्तररूपमा सम्पादन कार्य गर्दै प्रगतिशील लेखक संघ , लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च , नेपाल साहित्यिक पत्रकार संघजस्ता विविध संस्थाहरूमा समेत संलग्न रहेर सांस्कृतिक आन्दोलनमा अग्रणी भई जीवनरथ हाँकिरहेका ठानागाउँ – ४ , थामखर्क , उदयपुरका साहित्यकार मातृका पोखरेल नेपाली साहित्य धरोहर निर्माणका नयाँ योद्धा होइनन् । उनको कथन छ – ‘ समाजमा नङ्याउनु पर्ने मानिसहरू अझैसम्म पनि नाङ्गिन सकेका छैनन् । शोषण , अत्याचार र भ्रष्टाचारको भ ¥ याङ्गमाथि चढेर बनेको ‘ इज्जत र प्रतिष्ठा ’ लाई समाजले...